काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।
जारी संसदीय दलको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् । आफूमाथि प्रधानमन्त्री प्रचण्डले पटक पटक धोका दिएको भन्दै अब विश्वास गर्न नसकिने सांसदहरुलाई बताए ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बोलाइएको बैठक केहीबेरमा शुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया