काठमाडौँ – नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा करिब साढे ३ अर्ब रुपैयाँ बढी खर्च गरेको देखिएको छ ।
एयरबसले दुई वर्षअघि निगमलाई पठाएको मूल्यसूचीका आधारमा हिसाब गर्दा ३ अर्ब ४० करोड रुपैयाँ बढी खर्चिएको देखिन आएको हो ।
वाइडबडी खरिद अनियमितताबारे प्रारम्भिक अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्च स्रोत सो कुरा जनाएको हो ।
प्रस्ताव मूल्यांकनका लागि निगमबाट गठित ११ सदस्यीय टोलीको प्रतिवेदनको अनुसूची ‘सी’ मा समेत उक्त विवरण छ ।
निगमले खरिद गरेको वाइडबडी विमानको आधारमूल्य १० अर्ब ४० करोड रुपैयाँ हो । आशयपत्र जारी गरेपछि ११ वटा कम्पनीले पेस गरेको प्रस्ताव मूल्यांकन क्रममा सन् २०१६ को आधारमूल्य ८ करोड ८० लाख ९९ हजार ३१७ (८८.०९ मिलियन) अमेरिकी डलर निर्धारण गरेको थियो तर निगमले करिब १० करोड ८१ लाख (१०८.१ मिलियन) का दरले दुईवटा विमानका लागि करिब २१ करोड ६३ लाख ८८ हजार डलर (२१.६३ मिलियन) डलर भुक्तानी गरेको कान्तिपुर दैनिकको समाचारमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया