काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुन काठमाडौं अवतरण गरेको छ ।
विमान काठमाडौंबाट १५ माइल उडान भरेपछि विमानको इन्डिकेटरमा समस्या देखिएको थियो । ६२ जना यात्रु सवार विमानमा समस्या देखिएपछि पुन काठमाडौं अवतरण गरिएको छ ।
बुद्ध एयरको एटीआर ७२ विमान हाल सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले जानकारी दिए ।
जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया