जडिबुटीबाट पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले काठठमाडौंको जडिबुटीबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । 

शनिवार साँझ ७ः३० बजे काठमाडौंको जडिबटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिरहेको अवस्थामा प्रहरीले ३ जनालाई पेस्तोलसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धादिङ गल्छी घर भई हाल कलंकी बस्ने वर्ष ३३ का अर्जुनप्रसाद अधिकारी, २५ वर्षका केदारप्रसाद अधिकारी र काभ्रे घर भई हाल चावहिल बस्ने वर्ष ३० का अञ्जन उप्रेती छन् । 

महानगरीय प्रहरी परिसर कठमाडौंका अनुसार पक्राउ परेका उनीहरुको साथबाट एउटा ठूलो चाइनिज पेस्तोल, एक राउण्ड गोली र एउटा खुकुरी बरामद गरेको जानकारी दिए । 

उप्रेतीको साथबाट गोली लोड भएको पेस्तोल बरामद गरेको र उनी गुण्डा नाइके कुमार घैंटेको सहयोगी भएको परिसरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै केदारप्रसाद अधिकारी २ वर्ष नेपाल प्रहरी र ३ वर्ष नेपाली सेनामा जागिर खाइ भागेर विभिन्न आपराधिक गिरोहमा काम गर्दै आएका थिए भने जग्गा कारोबारी समेत रहेका अर्जुन अधिकारी सार्वजनिक अपराधमा २ पटक सजाय पाइसकेका व्यक्ति हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?