काठमाडौं। वैदेशिक रोजगारीका लागि सबै प्रक्रिया पूरा गर्नलाई राजधानी धाइरहनुपर्ने झन्झट अब हुँदैन । किनकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश सरकारले नै श्रम स्वीकृति दिने प्रावधान ल्याएको छ । यसो हुँदा कामदारहरुले उड्नका लागि मात्रै राजधानी आउनुपर्ने दाबी मन्त्रालयले गरेको छ ।
राजधानीबाट मात्रै दिने स्वीकृति अब प्रदेश सरकारले पनि दिन सक्ने छ ।
मन्त्रालयले प्रदेशको नम्बर ५ को राजधानी बुटवल र प्रदेश नम्बर २ को राजधानी जनकपुरमा श्रम स्विकृतीका निमित्त कार्यालय सञ्चालनमा ल्याइसकेको छ । अन्य प्रदेशमा समेत श्रम कार्यालय स्थापनाको काम अन्तिम चरणमा पुगिसकेको मन्त्रालयले बतायो ।
श्रम स्वीकृति प्रदेशबाटै हुने भएपछि पासपोर्ट बनाउने, भिसा प्रक्रिया शुरु गर्ने लगायतका काम पनि प्रदेश बाटै गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया