काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मतदान गरेको छ ।
अन्तिम समयसम्म पनि उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न नसकेको रास्वपाले आन्तरिक बैठक बसी सो निर्णय गरेको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्वाचन आचारसंहितालाई कारण देखाउँदै अन्तिम अवस्थामा स्थगित गरिएको थियो ।
यसअघि राष्ट्रपति निर्वाचनमा पनि अन्तिममा अवस्थामा निर्णय गरि गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको थियो ।
हाल रास्वपाबाट १९ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।
बिहान ११ बजेबाट शुरु भएको मतदान ३ बजे सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया