काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपति निर्वाचनको मतदान गरेका छन् ।
केहीबेरअघि संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेर मतदान गरेको हुन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले मतदान गरिसकेका छन् ।
नयाँ राष्ट्रपतिका लागि गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् । त्यस्तै नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छिन् । भने नागरिक उन्मुक्ति पार्टीबाट ममता झा उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया