गृहमा एकीकृत समाजवादीको नजर, अरु कति मन्त्रालयमा दाबी ?

लोकपथ
70
Shares

काठमाडौं । वर्तमान गठबन्धनको चौथोँ ठूलो दल एकीकृत समाजवादीले गृहसहितको मन्त्रालयमा दाबी गरिरहेको छ ।

गठबन्धनमा आवद्ध अन्य दलहरुबाट राष्ट्रपति, प्रधानमन्त्री उपसभामुख लगायतका पदहरु रहेको कारण ठूला मन्त्रालयहरुमा एसको दाबी रहेको छ ।

एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले अन्य दलहरुले ठूला पद लिएको कारण आफूहरुले रोजेको मन्त्रालय पाउनुपर्ने दाबी पेश गरे ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघीय संसद भवन पुगेका नेता पाण्डेले सो कुरा बताएका हुन् ।

आफूहरुले तीन वटा मन्त्रालय नघट्ने गरी दाबी पेश गर्ने बताए ।

‘कतिवटा मन्त्रालय भन्ने विषयमा हाम्रो छलफल भएको छैन । मलाई लागेको चाँही हाम्रो पार्टीले ३ वटासम्म मन्त्रालय नघट्ने दाबी गर्छ ।’ उनले भने, ‘राष्ट्रपति कांग्रेसले रोज्यो, प्रधानमन्त्री माओवादीले रोज्यो, उपराष्ट्रपति जसपाले रोज्यो । हामी अहिलेको समीकरणभित्रको चौथोँ ठूलो दल हो हामी । त्यो हिसाबले हेर्दा हामी अहिले बाँकी भएको मन्त्रालय मध्ये रोज्जा रोज्नुपर्यो नि होइनर ?’

आफूहरुको पहिलो प्राथमिकता गृह नै रहेको उनले ठोकुवा गरे । अबको साढे एक वर्ष वर्तमान प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्ने र बाँकी समय नयाँ समीकरण भएर जाने समेत बताए ।

‘हाम्रो एक नम्बर प्राथमिकता हाम्रो गृह नै हो । एक वर्ष चलाउनुहुन्छ उहाँ (प्रधानमन्त्री पुष्कमल दाहाल) ले ।’ उनले भने ।

उपराष्ट्रपति निर्वाचनपछि चैत ८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिँदैछन् । विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?