श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने सरकारको निर्णयको अध्यक्ष थापाले गरे स्वागत

लोकपथ
49
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यका साथ ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।

अध्यक्ष थापाले निर्णय कागजमा मात्र सिमित रहने छैन भन्ने आशा र विश्वास व्यक्त गर्दै पर्यटन तथा संस्कृति मन्त्रि सुदन किराति लाई धन्यवाद समेत दिएका छन् ।

आज अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यका साथ ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने सरकारको निर्णय स्वागत योग्य छ। यो निर्णय कागजमा मात्र सिमित रहने छैन भन्ने आशा र विश्वास गर्दछु । यो सत्प्रयासका निम्ति पर्यटन तथा संस्कृति मन्त्रि @sudankiranti लाई धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?