काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनाले जिम्मेवारी पाएका छन् । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए । त्यस्तै सहयोगी चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त गरेका थिए ।
नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ । नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ ।
राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् ।
अन्य सचिवालय सदस्य पछि थपिने बताइएको छ । गत फागुन २५ मा पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदै २८ गते शीतल निवास प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया