९३ हजार अमेरिकी डलर तस्कर प्रकरणः पाइलट सुवर्ण अवालेमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ । 

२०७३ असोजमा ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवाले पक्राउ परेका थिए । 

नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर २२९ को जहाज काठमाडौंबाट दुबई उडाउन लागेका बेला अवाले पक्राउ परेका थिए ।

पाइलट अवाले विरुद्ध २२ असोजमा सर्वोच्च अदालतमा मुद्दा दर्ता थियो । यो मुद्दा न्यायाधीद्वय हरिकृष्ण कार्की र बमबहादुर श्रेष्ठको संयुक्त इजलाशमा परेको छ । 

पक्राउ परेका पाइलट अवालेले ९६ लाख ९० हजार धरौटी राखेर थुनामुक्त भइसकेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?