काठमाडौं । आनुवंशिक स्रोतमाथिको पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी नागोया अभिसन्धिमा नेपाल प्रवेश गर्ने भएको छ ।
जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको नागोया अभिसन्धिमा प्रवेश गर्ने सम्बन्धमा नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा औपचारिक पत्र दर्ता गरेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाले अनुमोदन गरेको सो अभिसन्धिमा प्रवेश गर्नेसम्बन्धी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेको पत्र महासचिव एन्टोनियो गुटरेससमक्ष प्रस्तुत गरिएको संयुक्त राष्ट्र संघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया