काठमाडौँको तापक्रम आज यो वर्षकै कम

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहान यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको तापक्रम यो वर्षकै कम अर्थात १ डिग्री सेल्सियसमा झरेको हो । 

‘बिहान ५ : ४५ बजे न्यूनतम तापक्रम १ डिग्री मापन भएको छ,’ मौसमविद राजु प्रधानाङ्गले भने, ‘यो यस वर्षकै सबैभन्दा कम हो ।’ यसअघि शनिबारको न्यूनतम तापक्रम १.५ र शुक्रबार १.४ डिग्री सेल्सियस मापन भएको थियो ।

काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम अझै घट्ने र माइनसमा झर्न सक्ने सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए । आज काठमाडौँमा १६ देखि १८ डिग्री सेल्सियसको बीचमा अधिकतम तापक्रम रहने अनुमान छ । 

बिहानपख हुस्सु लागे पनि दिउँसो भने देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?