काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले चौथो अन्तर्राष्ट्रिय सम्मेलनबाट जारी मिरिक घोषणापत्र–२०१८ सार्वजनिक गरेको छ ।
परिषद्ले यही पुस १ गते भारतको पश्चिम बंगालस्थित दार्जिलिङ, मिरिकमा भएको सम्मेलनबाट जारी ११ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।
सम्मेलन मंसिर २८, २९ र पुस १ गतेसम्म चलेको थियो ।
नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटी, बौद्धमा परिषद्ले शनिवार पत्रकार सम्मेलन गर्दै सो घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्र अनुसार संसारभर छरिएर रहेका तामाङहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई एकरुपता दिने, तामाङको सांस्कृतिक धरोहरका रुपमा रहेका ताम्बा, लामा र बोन्बोको मौलिक ज्ञान बचाउने साझा संकल्प गरिएको छ ।
त्यस्तै, परिषद्लाई तामाङ समुदायको एकताको आधार मान्दै यसलाई गतिशिल बनाउने र बहुपदीयमा लैजाने प्रतिबद्धता गर्दै नयाँ नेतृत्व समेत चयन गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया