काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ ।
शनिवार दिउँसो विवेकशील साझा पार्टीको नेतृत्वले प्रधानमन्त्रीको सरकारी निवास अगाडी प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘न्यायको खोजीमा निर्मलाहरु’ लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन् ।
‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित भएको प्रर्दशनकारीले नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासन र गृहमन्त्री असक्षम भएको बताएका छन् ।
साथै उनीहरुले निर्मला बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी असक्षम भएको बताउँदै तत्काल प्रहरीलाई अपराध अनुसन्धान सम्बन्धी विशेष तालिम दिन समेत सरकारसँग माग गरेका छन् ।
निर्मलाको बलात्कारपछि हत्याभएको ५ महिना बितिसक्दा पनि सरकराले दोषी पक्राउ गर्न सकेको छैन ।
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट बिहान उखुवारीमा भेटिएको थियो ।
प्रहरीले पछिल्लो समय निर्मलाको हत्यामा संलग्न रहेको आरोपमा प्रदीप रावल र विशाल चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले रावल र चौधरीलाई अपराध स्वीकार गर्न दबाव दिँदै चरम यातना दिएको समाचार सञ्चारमाध्यममा आएको भन्दै अधिकारकर्मीहरुले मानवअधिकार रक्षाप्रति सम्वेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया