भोजपुर । भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भोजपुर बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैकोे देउरालीमा ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने बसमा सवार यात्रुमध्ये चालकसहित आठजना गम्भीर घाइते भएका छन् । अरुण गाउँपालिका–३, प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
१६ जना यात्रु बोकेको सुम्निमा पारुहाङ यातायातको यात्रुबस दुर्घटनामा पर्दा रामप्रसाद राई गाउँपालिका–८, बासीखोराका किशोर राई, अरुण गाउँपालिका–३, प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका–१०, भैँसीपंखाकी सिताकुमारी राई, भोजपुर सदरमुकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका–४, धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिं तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाइते सबैको जिल्ला अस्पताल भोजपुरमा उपचार भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया