काशीनाथ तिवारी हत्या प्रकरण : फैसला उल्ट्याएर सफाइ

 काठमाडौं – सर्वोच्च अदालतले विश्व हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीप्रसाद तिवारीको हत्यामा संलग्न भई जेल सजाय भोगिरहेका सियारामप्रसाद कुशवाहलाई सफाइ दिँदै थुनामुक्त गर्ने फैसला गरेको छ। न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र डम्मरबहादुर शाहीको संयुक्त इजलासले शुक्रबार सियारामलाई उच्च अदालतले गरेको फैसला नमिलेको भन्दै कर्तव्य ज्यान सजाय उल्ट्याएर सफाइ दिएको हो।

उच्च अदालत जनकपुरले गत वर्ष फागुन २५ गते गरेको सर्वस्वसहितको जन्मकैद फैसला नमिलेको भन्दै उल्ट्याइएको हो। ‘कुशवाहलाई अभियोग दाबीबाट सफाइ पाउने ठहर गरिएकाले अन्य मुद्दामा थुनामा राख्नुनपर्ने भए आजै थुनामुक्त गरिदिनू,’ सर्वोच्चले शुक्रबार फैसला गर्दै दिएको आदेशमा भनिएको छ। नागरिक दैनिकमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?