अब हेटौँडाको पदमपोखरीमा पनि साझा बस

हेटौँडा । हेटौँडाको पदमपोखरीमा साझा बस सञ्चालनमा आएको छ ।

पदमपोखरीमा तीन साझा बस सञ्चालनमा ल्याइएको हो । हेटौँडा उपमहानगरपालिकाको समन्वयमा पदमपोखरीका बासिन्दाको लागि यात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले साझा बस सञ्चालनमा ल्याइएको हो ।

हेटौँडा १२, १३ र १४ का बासिन्दाका लागि सहज होस् भन्ने उद्देश्यले आफ्नो पहलमा बस सञ्चालनमा ल्याइएको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताए  । सो सेवाको महतले उद्घाटन समेत गरे । 

हेटौँडामा १७ साझा बस सञ्चालनमा आएको छ । हेटौँडाको हटियो, हर्नामाडी, बजार क्षेत्र, कमाने, चुरीयामाई र मकवानपुरको मनहरी गाउँपालिकासम्म साझा बस सञ्चालनमा आउने मकवानपुर साझा बसका सञ्चालक भेष खड्गीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?