सकियो नेकपाको स्थायी समिति बैठक

काठमाडौं । दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सकिएको छ। 

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनलाई परिमार्जित गरी पास गरेपछि बैठक सकिएको हो ।

बैठकको अन्तिम दिन पार्टीको सांगठनिक एकताका निमित्त एक कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा रामबहादुर थापा बादल, विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन,  योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डे रहेका छन्। 

कार्यदलले अध्यक्षद्वयलाई सल्लाहसुझाव दिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कार्यदलले सुझाव प्रतिवेदन पेश गरेपछि यही पुस मसान्तअघि अर्को स्थायी समितिको बैठक बस्ने श्रेष्ठले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?