सुन ठगी गर्दै हिँड्ने  ६ भारतीय भोजपुरबाट पक्राउ

भोजपुर । भोजपुरमा सुन ठगी गर्दै हिँड्ने ६ भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेको छ । 

पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेका छन् । 

भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेका अनुसार पक्राउ परेका उनीहरुलाई बिहीवार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँडेका उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको प्रमुख थेवेले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?