नेकपा स्थायी कमिटी बैठक, ओलीको प्रस्ताव अस्वीकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा उठेका विषयलाई सही तरिकाले सम्बोधन नगरेको भन्दै स्थायी कमिटीका सदस्यले उनको राजनीतिक प्रतिवेदन पारित गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए । तर, स्थायी कमिटी सदस्यले बैठकमा उठेका विषयलाई अध्यक्ष ओलीले सही तरिकाले सम्बोधन नगरेको भन्दै विरोध गरेका थिए ।
दुई घण्टाबढी समय बोलेका अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पारित गर्न गरेको आग्रहप्रति वामदेव गौतम, भीम रावल, घनश्याम भुसालले विरोध जनाएका थिए । बैठकमा योगेश भट्टराई, अग्नी सापकोटा, रघुजी पन्त, बेदुराम भुसाललगायतकाले हात उठाउँदै बोल्न समय मागेका थिए ।

२९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा सहभागीहरूले सरकार र पार्टी नेतृत्वको चर्काे आलोचना गर्दै कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए । एसिया प्यासिफिक सम्मेलनमा सहभागिता, नेतालाई दोहोरो जिम्मेवारी, नेतृत्वको कार्यशैलीलगायतका विषयमा स्थायी कमिटी सदस्यले गम्भीर असहमति जनाए पनि त्यसलाई अध्यक्ष ओलीले सम्बोधन नगरेको उनीहरूको आरोप छ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?