हेटौंडा — ‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरूको खोजी प्रहरीले तीव्र पारेको छ । उनीहरू बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो ।
नुवाकोट म्यगङ गाउँपालिका–३, देउरालीकी आनी चुन्मोडोल्मा तामाङ ७ वर्षअघि खिचिएको तस्बिरमा हजुरआमा लक्ष्मीमाया र दिदीकी छोरी सुशीलाका साथमा । २९ वर्षीया आनी चुन्मोडोल्मा ६ वर्षदेखि बेपत्ता छिन् ।
हराएकाहरूबारे परिवारसँग विस्तृत रूपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले बताए ।
‘बम्जन अहिले सिन्धुलीस्थित आश्रममा रहेको अपुष्ट जानकारी आएको छ,’ उनले भने । बाराको हलखोरियामा तपस्या सुरु गरेका बम्जनको सिन्धुपाल्चोकको बाँडेगाउँ, सर्लाहीको पत्थरडाँडा, लमजुङ र सिन्धुलीमा तपस्यास्थल रहेको प्रहरीको भनाइ छ ।कान्तिपुर दैनिकाम विस्तृतमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया