वेभ सर्फर कम्युनिकेशन सिस्टम प्रा.लीको नाममा विदेशी नागरिकलाई करोडौँ रुपैया ठगेको तथ्य बाहिर आएको छ ।
१७ वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेको वेभ सर्फर कम्युनिकेशन सिस्टम प्रा.लीका सञ्चालकको विरुद्धमा उजुरी परेसँगै सो विषय बाहिर आएको हो ।
वेलायती नागरिक के.टी विमलनाथनबाट विभिन्न मितिमा ३२ करोड रुपैया लिएको आरोपसहित काठमाडौंको नयाँबानेश्वरस्थित सुविधानगरमा रहेको ‘वेभ सर्भर कम्युनिकेशन सिस्टम प्रा.लि. नेपाल’का सञ्चालक दाजुभाइ शैलेन्द्र क्षत्री, सुरेन्द्र क्षत्री र सुमन क्षत्रीले विरुद्धमा महानगरिय प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ ।
यस्तै वेभ सर्फरका सञ्चालक मध्येका सुरेन्द्र क्षेत्री केहीदिनअघि पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
वेभ सर्फर सञ्चालनको नाममा परेको उजुरीमा दाबी गरिएको छ “विगतमा वेभ सर्फरको शेयर दिने प्रतिवद्धता गरेर आफूलाई शेयरधनीको रुपमा दर्ता नगरी नक्कली प्रमाणपत्र दिएर करोडौं रुपैया लिइयो ।”
यस्तै क्षत्री दाजुभाइले कहिले कम्पनी विस्तार गर्ने कहिले विदेशी लगानी भित्र्याउन नेपाल सरकारबाट अनुमति लिने बहानामा आफूबाट पटकपटक भारी रकम लिएको आरोप विमलनाथनले लगाएका छन् ।
विमलनाथनसँग विभिन्न मितिमा रकम पठाएको व्यहोरा खुल्ने गरी बैंकका भौचरहरु देखि अभियुक्तले विभिन्न कारण देखाएर रकम माग गर्दै लेखेका इमेलहरु समेत देखिन्छन् ।
तीन महिनाअघि क्षत्री दाजुभाइले विमलनाथनको रकम फिर्ता गरिदिने सहमति गरेतापनि अहिलेसम्म भनेबमोजिम काम नगरेपछि काठमाडौं प्रहरीले क्षेत्री दाजुभाईको एक जनालाई नियन्त्रणमा लिएको हो । वेभ सर्फर कम्युनिकेशन सिस्टम प्रा.ली मा आधिकारिक रुपमा सुरेन्द्र क्षेत्री, सुमन क्षेत्री र सुमनलाल प्रधानको समेत लगानी देखिन्छ ।
तर प्रहरीले झण्डै दुई साता वित्दापनि एक जनालाईमात्र पक्राउ गरेपनि अन्यलाई पक्राउ गर्न सकेको देखिदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया