प्रधानमन्त्री ओलीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । 

बिहीवार बिहान ११ बजे धरहरा परिसरमै आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् । 

भिमसेन थापाको पालामा बनेको धरहरा २०७२ वैशाख १२ को महाभूकम्पमा भत्किएको थियो ।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरु गरेका थिए । तर, पुनर्निर्माण शुरु हुन सकेको थिएन । 

अभियान शुरु गरेको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?