काठमाडौंको क्षेत्रपाटीस्थित जुत्ता पसलमा आगलागी

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित जुत्ता पसलमा आगलागी भएको छ । 

बिहीवार बिहान ९ बजेतिर काठमाडौं महानगरपालिका वडा नं. १७ क्षेत्रपाटीको एक जुत्ता पसलमा आगलागी भएको हो । 

पसलमा लागेको आगो प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए । 

क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?