प्रधानन्यायाधीश मिश्रले आजदेखि मुद्दामा सुनुवाइ नगर्ने

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि कुनै पनि मुद्दामा सुनुवाइ नगर्ने भएका छन् । 

सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश मिश्रले बिहीवारबाटै कुनै पनि मुद्दनमा सुनुवाइ नगर्ने तर, मिश्रले अन्य न्यायाधीशका लागि मुद्दाको पेसी तोक्ने र प्रशासनिक काम भने गर्ने छन् । 

प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने भएपछि शुक्रवार संवैधानिक इजलासका रिटमाथिको सुनुवाइसमेत रोकिने भएको छ । सो इजलास प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुन्छ । 

यही पुस १७ गतेदेखि उनी सेवानिवृत्त हुँदैछन् । उमेर हदले मिश्रको अवकास हुन ६ दिनमात्र बाँकी छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?