काठमाडौँ–२०७२ वैशाखमा आएको गोरखा भूकम्पका कारण क्षतिग्रस्त भएको धरहराको बाँकी भागलाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै सोही परिसरमा नयाँ धरहरा ठड्याउने कार्यको शुरुआत भएको छ ।
काठमाडौँको सान र गौरवको रूपमा ठडिँदै आएको धरहराको सम्झनामा पहिलेकै स्वरूप तर अत्याधुनिक प्रविधिले युक्त नवधरहराको निर्माण गर्न लागिएको हो । नयाँ बन्ने धरहरा राजधानी प्रमुख स्मारक हुनेछ ।
धरहरासँग काठमाडौंवासीको मात्र होइन धेरै नेपालीको भवना जोडिएकोले अब बन्ने धरहरा पूर्णरूपमा नेपालीहरूकै लगानीमा बनाउने निर्णय सरकारले गरेको छ । त्यसका लागि सरकारले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुरु गरिसकेको छ । यस अभियान अन्तर्गत हालसम्म करिब २४ करोड रुपियाँ कोषमा जम्मा भएको प्राधिकरणले जनाएको छ । काम पूर्णरूपमा शुरु भएपछि यो अभियानलाई थप तीव्र बनाउने प्राधिकरणको योजना छ ।
प्राधिकरणले सार्वजनिक गरेको डिजाइन अनुसार नवधरहराले करिब ४२ रोपनी क्षेत्रफल समेट्नेछ । त्यसमा हालको टक्सार विभाग, गोश्वारा हुलाक र सुन्धाराको क्षेत्रलाई पनि धरहराकै परिसरमा समेटिने योजनामा रहेको छ ।
नयाँ धरहराका डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले तयार पारेको हो । उक्त डिजाइन अनुसार नयाँ बन्ने धरहरामा जमिनमुनि दुई र जमिनमाथि २२ तला गरी जम्मा २४ तलाको हुनेछ । तर बाहिरबाट हेर्दा ११ तलाजस्तो मात्र देखिनेछ । क्षतिग्रस्त धरहराको ठुटो भागलाई भने माथि छत राख्नुका साथै चारैतिरबाट १० मिलिमिटरको ‘टेम्पर ग्लास’ ले घेरिनेछ । गोरखापत्र दैनिकमाखबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया