संघीय संसद् अधिवेशन, पहिलो दिन नै विपक्षीको निसानामा

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएकै दिन सरकारले प्रतिपक्षीको चर्को आलोचना सामना गर्नुपरेको छ । जारी स्थायी समिति बैठकमै सरकारको कामकारबाहीमा आलोचना खेपिरहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसद् बैठकको पहिलो दिन नै प्रतिपक्षीको निशानामा परेको हो ।
 नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारका कामकारबाहीबारे बचाउ गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको आलोचनामा उत्रिए ।

सरकारले काम गर्नुको साटो कांग्रेस नेतृत्वको पूर्वसरकारले गरेको कामलाई आफूले गरेको प्रचार गरेको भन्दै देउवाले बैठकमै असन्तुष्टि व्यक्त गरे । उनको असन्तुष्टि यतिमा मात्र सीमित रहेन । उनले ‘प्रधानमन्त्रीले नै ठगेको’ अभिव्यक्तिसमेत दिए ।
देउवाभन्दा अघि बोलेका नेकपा अध्यक्ष दाहालले सरकारले गरेका काम धेरै राम्रा भएको भन्दै सरकार दुई तिहाइको भए पनि निर्धक्कसँग काम गर्न नपाएको बताएका थिए । अध्यक्ष दाहालले सरकार सञ्चालन प्रणाली, कानुन र कर्मचारीतन्त्रलाई मिलाएर अघि बढ्न खोज्दा झमेला आइपरेको बताए ।

दाहालको बचाउपूर्ण मन्तव्यपछि रोस्ट्रममा उभिएका देउवाले आफ्नो पालामा सामाजिक सुरक्षा ऐन ल्याएर सुरु गरेको कामलाई अहिलेको सरकारले आफूले गरेको भन्दै प्रचार गरेकोमा आक्रोश पोखे । राजधानी दैनिकमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?