काठमाडौँ– जबर्जस्ती चोरी मुद्दामा अदालतले धरौटी माग गरिएका एक व्यक्ति आज काठमाडौँ जिल्ला अदालत परिसरबाटै फरार भएका छन् ।
प्रहरी परिसर काठमाडौँले आजै पक्राउ गरी अदालतको लगत शाखामा बुझाएका सिन्धुपाल्चोकका लालकाजी भन्ने रामकाजी तमाङ अदालत परिसरबाटै फरार भएका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
विसं २०७२ मा भएको जबर्जस्ती चोरी मुद्दामा अदालतले उनलाई रु छ लाख ९० हजार जरिवाना तोकेको थियो । जरिवाना नबुझाएकाले कैद बस्नुपर्नेमा फरार हुँदै आएका तामाङ काम विशेषले प्रहरीमा आएका बेला प्रहरीले पहिचान गरी पक्राउ गरेको थियो ।
उनलाई आजै अदालतमा बुझाएर प्रहरी फर्किएपछि सो घटना भएको प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया