पर्सामा नेविसङ्घ कार्यकर्ताबीच खुकुरी हानाहान

पर्सा–नेपाल विद्यार्थी सङ्घ पर्साका कार्यकर्ताबीच आज अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ ।

वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई गुटका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयलाई लिएर खुकुरी हानाहान भएको हो ।

खुकुरी प्रहारमा परी ठाकुरराम बहुमुखी क्याम्पसका नेविसङ्घ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको टाउकामा चोट लागेको छ । घाइते अन्सारीलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गराइएको छ । घाइते अन्सारी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?