विवादास्पद दिगम्बर झाले दिए दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट राजीनामा

काठमाडौँ – विवादास्पद नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । नेकपाका नेताका नेताहरुले झाले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए । यस्तै जारी नेकपाको स्थायी कमिटी बैठकमा समेत उनको नियुक्तिलाई लिएर पार्टी नेतृत्व र सरकारको आलोचना भएको थियो ।

असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ भदौ १४ पछि भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै झा बर्खास्तीमा परेका थिए । तर पछि सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको प्राधिकरण अध्यक्ष सिफारिस समितिको प्रस्तावमा भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट फेरि अध्यक्षमा नियुक्त भएका थिए ।

आजै झाले आफ्नो कारण सरकारलाई अप्ठ्यारो पर्ने हो भने राजीनामा दिन तयार रहेको पत्रकारसम्मेलनमार्फत बताएका थिए । त्यसको केही घण्टामै झाले सञ्चारमन्त्री  गोकुल बास्कोटालाई राजीनामापत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?