निर्मला घटनामा संलग्न आरोपमा पक्राउ परेका रावल रिहा

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ परेका प्रदीप रावल रिहा भएका छन् ।

यसअघि सोही प्रकरणमा समातिएका  विशाल चौधरीलाई पनि प्रहरीले रिहा गरिसकेको छ । 

महानगरीय प्रहरी बृत्त महाराजगन्जको हिरासतमा रहेका रावललाई काठमाडौंका प्रमुख जिल्ला अधिकारीको आदेशमा साधारण तारेखमा रिहा गरिएको हो । 

उनीसँगै चौधरीको डीएनए मेल नखाएको दाबी गरिएपनि प्रहरीले यसबारे आधिकारिक रुपमा केही जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?