जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस् : सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसद् भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिएका छन् ।  

संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै उनले संसद् जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने उच्चतम् थलो भएकाले यहाँ भएका जीवन्त छलफललाई जनतासामु पु-याएर रचनात्मक सहयोग पु-याउन आग्रह गरे । सभामुख महराले भने, “पत्रकारलाई आरोप छ, जहिले पनि प्रतिपक्षजस्तो मात्रै हुने, रचनात्मक ढङ्गले आलोचना र सुझाव दिएर तपाईँहरुले सहयोग गर्नुपर्छ, जनता र राज्यको पक्षमा उभिएर सञ्चार जगत्ले सहयोग पु-याओस् भन्ने हामीले अपेक्षा गरेको छौँ ।” 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताका सरोकारलाई पारदर्शी ढङ्गबाट अघि बढ्दा लोकतन्त्रको सुदृढीकरण हुने भएकाले त्यसतर्फ काम गर्न पत्रकारलाई सुझाव दिए । आयोजक समितिका संयोजक नरेन्द्र साउदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वा्चित पदाधिकारीलाई सभामुख महराले प्रमाणपत्र प्रदान गरे । यही पुस १ गते भएको संसदीय मामिला पत्रकार समाजको निर्वाचनबाट गोरखापत्रका समाचारदाता नारायण काफ्लेको नेतृत्वमा १३ सदस्सीय कार्य समिति चयन भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?