पुलमुनि सडेको अवस्थामा बच्चाको शव

धरान । धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ । 

बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिए । 
शवलाई प्रहरीचौकी पानवारी वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा आज पुरिएको छ । गाडेको अवस्थामा जनवारले उधिनेको हुनसक्ने निरीक्षक तिम्सिनाले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?