निर्मला बलात्कार/ हत्यापछिका ५ महिना : आईजीपी सर्वेन्द्र खनाल किन जाँदैछन् कञ्चनपुर ?

काठमाडौं – कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना बितेको छ ।

तर प्रहरीले अहिलेसम्म अपराधि पक्रन सकेको छैन ।

यसैबिच निर्मला पन्त घटनाको अनुसन्धानलाई नयाँ सीराबाट सुरु गर्न भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अपराध अनुसन्धानका विज्ञको टोली कञ्चनपुरतर्फ लागेको छ । 

काठमाडौंबाट मंगलबार हिँडेको टोली चितवन हुँदै कञ्चनपुतर्फ लागेको हो । 

टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशी, अपराध महाशाखाका सई गजेन्द्र रावल लगायत छन् ।

टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशी, अपराध महाशाखाका सई गजेन्द्र रावल लगायत छन् । 

कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण गर्ने, निर्मलाका बाबुआमालाई भेट्ने र अहिलेसम्म भएका अनुसन्धानका आधारमा नयाँ सिराबाट अनुसन्धान सुरु गर्ने बसझिएको छ ।  

प्रहरीका अनुसार अनुसन्धान टोलीले नजिकै रहेको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि अनुसन्धानबारे पनि टुंगो लगाउने छ । 

हालसम्म पक्राउ परी अनुसन्धान भइरहेकामाथि नयाँ कोणबाट अनुसन्धान गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?