काठमाडौं । धरान उपमहानगरपालिकामा मेयर हर्क साङ्पाङ सामाजिक सञ्जालमा सँधै चर्चामा रहन्छन् ।
धराने जनतालाई पानी खुवाउने प्रतिबद्धतासहित चुनावमा होमिएका उनले आफैँले विभिन्न काम गरेको तस्बिरहरु सामाजिक सञ्जालमा देख्न पाइन्छ ।
विकास निर्माणका काममा उनी आफैँ बेल्चा हान्छन्, आफैँ ढुंगा बोकेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । साथै प्रत्येक शनिबार विभिन्न विकास निर्माणको कामदेखि वृक्षारोपणसम्मका लागि श्रमदान गर्न श्रमदाताहरुलाई आह्वान गरिरहेका हुन्छन् ।

श्रमदाताहरुको माया पाएका उनलाई श्रमदाताहरुले मंगलबार परेको उनको जन्मदिनको अवसरमा ढुंगो उपहार दिएका छन् । श्रम बोक्ने र ढुंगा बोक्ने गरेको कारण साङ्पाङलाई ढुंगो उपहार दिएका हुन् ।
‘श्रम संस्कृतिको स्थापनाकारलाई जन्मदिनको शुभकामना छ ।’ लेखिएको ढुंगो उपहारस्वरुप पाएको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया