ट्राफिक प्रहरीको अलोकप्रिय निर्णय, भृकुटीमण्डपमा तनाव

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यात्रु र प्रहरीबीच झडप भएको छ । 

काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधनमा ‘पिक एण्ड ड्रप’ को नीति निर्णको यात्रुले विरोध गरेका हुन् । 

योसँगै ट्राफिक प्रहरीको निर्णय अलोकप्रिय सावित भएको छ ।

महानगरपालिका र ट्राफिक प्रहरी लागू गरेको निर्णयले यात्रुहरुले दुःख पाएको भन्दै बुधवार विहान भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

यात्रुहरु आन्दोलनमा उत्रिएलगत्तै प्रहरीले आन्दोलनकारीमाथि लाठ्ठिचार्ज गरेर भगाएका थिए । 

यात्रुहरु विरोध प्रदर्शनमा उत्रिएलगत्तै सो क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो । 

प्रहरीको हस्तक्षेपपछि अहिले त्यहाँको स्थिति सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?