शर्मिला वाइवाले गरिन् विष सेवन, वीर अस्पतालमा उपचार हुँदै

लोकपथ
630
Shares

काठमाडौं । केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइवाले विष सेवन गरेकी छिन् ।

बुधबार राति वाइवाले विष सेवन गरेको र अहिले वीर अस्पतालमा उपचार भइरहेको काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्कीले लोकपथलाई जानकारी दिए ।

वाइवाले हिजो आफ्नै निवास बानियाँटारमा विष सेवन गरेकी हुन् ।

अहिले वीर अस्पतालको आइसीयूमा उपचार भइरहेको र खतरामुक्त रहेको अस्पतालबाट जानकारी आएको उनले बताए । साथै विष सेवन गर्नुको कुनै कारण भने खुलेको छैन ।

वाइवा केही समय अघि पत्रकार ऋषी धमलासँगको सम्बन्ध रहेको भन्दै सामाजिक सञ्जालमा आएसँगै विवादित बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?