काठमाडौं । प्रहरीले घर फोरेर गहना चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ ।
मंगलवार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न रहेका दश जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुमन थापा मगर, मनिषा नेम्वाङ, अनिसा खाम्चा मगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्ना रहेका छन् ।
वृत्तका प्रमुख फणिन्द्र प्रसाइका अनुसार गोँगबु क्षेत्रमा चोरी गर्नेलाई चार दिनको खोजतलासपछि पक्राउ गरिएको हो ।
चोरी गरेका गहना उनीहरुले न्यूरोडस्थित गौतम मन्नाको पसलमा बिक्री गर्ने गरेका थिए ।
त्यही गहना स्वरुप परिवर्तन गरी ग्राहकलाई बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
पक्राउ परेकाबाट प्रहरीले सुनको ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, सुनको बेरुवा औँठी एक थान, सुनको झुम्का एक जोर, तिलहरी एक थान, सुनको जन्तर दुई थान, मोबाइल सात थान, नगद रु ९४ हजार, घडी पाँच थान तथा पर्स एक थान बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया