देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ७ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशैभर चिसो बढेको हो ।

मंगलबार दुई डिग्रीमा झरेको काठमाडौँको न्यूनतम तापक्रम आज पनि २ डिग्री सेल्सियस नै मापन गरिएको छ । जुम्लामा भने माइनस ७ डिग्री रहेको मौसमविद बरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा अझै चिसो बढ्न सक्ने सम्भावना छ । ‘अघिल्लो वर्ष शून्य डिग्रीसम्म पुगेकोमा यो वर्ष पनि पुग्न सक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘राति आकाशमा बादल नभएको हुनाले पछिल्लो दिनमा अलि बढी चिसो भएको हो ।’

अहिले हिमपातको कुनै सम्भावना नदेखिएको भए पनि पहाडी जिल्लाहरुमा भोलि र पर्सी आंशिक बदली हुन सक्ने देखिएको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?