अधिकृत र वडाध्यक्षको मिलेमतोमा यसरी हुदैछ भ्रष्टाचार

धनगढी । कैलालीको मोहन्याल गाउ्रँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षको मिलेमतोमा आर्थिक अनियमितता भएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा र तीनजना वडाअध्यक्षहरुको मिलेमतोमा आर्थिक अनियमितता भइरहेको गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगरले आरोप लगाईन् ।

गाउँपालिकाका योजनाहरु अनुगमन गर्नका लागि छुट्ट्याइएको ३५ लाख रुपैयाँ एक पटक मात्र सडक आयोजनाको अनुगमन गरी सकिएको छ । बाटोको मात्रै अनुगमन भएको र अन्य योजनाको अनुगमन नै नगरी खर्च भएको देखाइएको उपाध्यक्ष बुढामगरको आरोप छ । 

त्यस्तै कार्यपालिका सदस्य पहराईले बजेटको खर्चबारे सार्वजनिक सुनुवाई गर्न माग गर्दा प्रमुख प्रशासकीय अधिकृत ओझाले कानूनमा त्यो व्यवस्था नभएकोले जरुरी नभएको जवाफ दिँदै अटेर गरेको आरोप लगाए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?