भ्रष्टाचार गरेको आरोपमा पक्राउ, १३ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा जिल्ला कृषि कार्यालय दैलेखका अधिकृतसहित १३ जना विरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार कृषि कार्यालयका अधिकृत नरहरीप्रसाद घिमिरेसहितस १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनीहरुविरुद्ध कृषि सामाग्री खरिद नै नगरी खरिद गरेको नक्कली बिल भरपाई बनाएर भ्रष्टाचार गरेको आरोप छ । 

वरिष्ठ कृषि विकास अधिकृत घिमिरेसँग १० लाख ५० हजार ९ सय ६१ रुपैयाँ बिगो दाबी गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?