काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।
सोमबार सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले सो फैसला गरेको हो ।
संयुक्त इजलासले लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने फैसला समेत गरेको छ ।
लामिछानेले यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो ।
सन्दीपले पनि आफूलाई बाध्यात्मक व्यवस्थाहरु हटाउन मागसहित पुनरावेदन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया