मकाउ पठाइदिन्छु भनी ठगी गरेको आरोपमा थापा पक्राउ

काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

मनाङका उमेश पुन भन्ने राजेशकुमार थापाले मकाउ पठाइदिन्छु भनी ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पुस ८ गते (आइतवार) काठमाडौंको बानियाँटारबाट पक्राउ गरेको हो ।

२०७१ सालमा अनुमति विना नै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी मकाउ पठाइदिने भन्दै डम्बरजंग सारु मगरसमेतलाई ठगी गरेका थिए । 

थापालाई वैदेशिक रोजगार न्यायाधीकरणले २०७४ असोज ३० गते ३ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाउनुका साथै थापाबाट पीडित व्यक्तिहरुलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जना रकमसमेत गरी १३ लाख ५० हजार रुपैयाँ भराइदिन पनि आदेश गरेको थियो । 

आइतवार पक्राउ परेका थापालाई सोमवार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । 

अदालतको आदेशले कैद भुक्तानका लागि थापालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जानकाररी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?