तेह्रथुम । प्रहरीले बेहुलीलाई कुटपिट गरेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
सोमवार राति १०ः३० बजे तेह्रथुम फेदाप गाउँपालिका–३, जलजलेकी प्रतिक्षा सम्बाहाम्फको विवाह पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग भइरहेको थियो ।
विवाह भइरहेको बेला बेहुलीको घरमा स्थानीय युवाहरुको समूहले आक्रमण गरेका थिए ।
युवाहरुको कुटपिटबाट २२ वर्षीय बेहुली प्रतिक्षा सम्बाहाम्फेसहित अन्य ३ जना घाइते भएका छन् ।
कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइतेहरु बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमका अनुसार विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का सुदीप लिम्बु र वर्ष १७ का मन्दीप लिम्बुलाई नियन्त्रणमा लिएको छ ।
बेहुली माथि के कारणले आक्रमण भएको हो, त्यो भने प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया