ईपीजींको भारतीय टोली सदस्य प्राध्यापक उप्रेतीको निधन

काठमाडौं । नेपाल-भारत प्रबुद्ध ब्यक्ति समूह (ईपीजीं)का भारतीय टोलीका एक सदस्य प्राध्यापक बीसी उप्रेतीको निधन भएको छ । 

प्राध्यापक उप्रेतीको सोमबार दिउँसो भारतमा निधन भएको हो । २६ नोभेम्बरमा मुटुको बाइपास सर्जरी गरेका उनी अप्ठ्यारो महसुस भएपछि तीन अघि पुनस् अस्पताल भर्ना भएका थिए ।

दिउँसो दुई बजे जयपुरस्थित अस्पतालमा हृदयघातका कारण उनको निधन भएको इपिजीमा भारतको तर्फबाट सदस्य रहेका प्रा डा महेन्द्र पी लामाले बताए । 

उप्रेतीले नेपाल-भारत खुला सीमा राख्न नहुने र यसलाई नियमन गर्न पर्ने विषय दरिलोसँग उठाएका थिए । 

उप्रेतीका श्रीमती, एक छोरा र एक छोरी छन । उनी नेपालबारे जानकार नेपाली भाषी भारतीय प्राध्यापक एवं लेखक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?