प्रधानमन्त्रीद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त

लोकपथ
21
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवंगत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका छन् । सांसद रहमानको आज ६४ वर्षको उमेरमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?