हृदयघातबाट जसपा सांसद सहनाज रहमानको निधन

लोकपथ
28
Shares

काठमाडौं । जनता समाजवादी पार्टीकी प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएको छ । ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको जसपाले जनाएको छ ।

भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएपछि अस्पताल पु¥याइएकाेमा अस्पतालले मृत घोषणा गरेको थियो ।

झापा घर भएकी जसपा केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्षसमेत रहेकी रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

२०६३ देखि मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?