वीरगञ्ज । प्रेममा धोका दिएको भन्दै पर्सामा एक छात्रामाथि छुरा प्रहार भएको छ ।
पर्साको पर्सागढी नगरपालिका–१ मनवा बस्ने १८ वर्षीया सकुन्तला चौधरीलाई सो नगरापालिका–२ को भटनीका १८ वर्षीय जयकिशोर चौधरीले प्रेममा धोका दिएको भन्दै छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी सकुन्ताको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।
विहान विद्यालय जान लागेको समयमा बाटोमा कुरेर बसेका जयकिशोरले सकुन्तलालाई छुरा प्रहार गरेको थियो भने छुरा प्रहार गर्ने जयकिशोर पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
अहिले सकुन्ताको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेशनल मेडिकल कलेज इमर्जेन्सि इन्चार्ज डा. ओम प्रकाश कुशवाहाले जानकारी दिए ।
पक्राउ परेको जयकिशोरले प्रहरीलाई दिएको बयान अनुसार सकुन्तला र जयकिशोरबीच प्रेम सम्बन्ध थियो । उनीहरु कक्षा ८ मा सँगै पढ्थे । सकुन्तलाले नै माया गर्छु भनेपछि कसैलाई थाहा नदिएर विहेसमेत गरेको जयकिशोरको दाबी छ ।
पहिले आफैँले माया गर्छु भनेर विहेसमेत गरी पछि अर्कै केटासँग लागेपछि आक्रोशमा आफूले उनीमाथि छुरा प्रहार गरेको बयानका क्रममा जयकिशोरले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया