प्रकाश शरणसँग बाझाबाझ गर्दा महासमितिमा केसीमाथि प्रतिबन्ध !

नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति तथा महासमिति सदस्य जगदीश्वर नरसिंह केसी महासमिति बैठकमा आफ्नो धारणा राख्नबाट बञ्चित भएका छन् ।

कारण हो, महामन्त्रीसँगको विवाद । 

महासमितिको बैठकको बन्द सत्र चौथो दिन अर्थात ३ गते मङ्गलबारसम्म पनि महासमिति सदस्यहरूले बैठकको प्रमुख एजेन्डाको रूपमा रहेको विधान प्रतिवेदन पाएनन् ।

विधान नपाएपछि महासमिति सदस्यहरू आक्रोशित भए भने उनीहरूले विधान आफ्नो हातमा नपञ्न्जेल बैठक सञ्चालन गर्न नदिने अडान कसे ।

 जसको नेतृत्व नेपाली  कांग्रेस नुवाकोटका जिल्ला सभापति केसीले गरेका थिए ।

उनी मञ्चमा गएर विधान बैठकमा पेश नभएसम्म अन्य प्रतिवेदनमा पनि छलफल हुन नसक्ने भन्दै पार्टी नेतृत्वलाई दबाब दिरहेका बेला पार्टीका सहमहामन्त्री महतले केसीको माइक खोस्न खोज्दा माइक नै फुट्यो । सो प्रकरणले कांग्रेसमा हंगामा नै भएको थियो । 

सोही विवादका कारण पछि महासमितिमा केसीले बोल्ने मौका गुमाएका हुन् ।

पार्टी सभापति देउवाको निर्देशनमा केसीलाई मञ्चमा आउनसमेत निषेध गरिएको उनी पक्षीयको भनाई छ ।  

 जिल्ला सभापतिहरूको प्रतिनिधित्व गरेका केसीलाई महासमिति समापन समारोहमा मञ्चमा जान नै निषेध लगाइएको हो ।  

केसीलाई रोकेपछि भक्तपुरका जिल्ला सभापतिले प्रतिनिधित्व गर्दै समापन समारोहमा मन्तव्य राखेको बताइएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?